बुटवल ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धार्थनगर–९ का १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको विनयी त्रीवेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्दै आएका १५ वर्षीय दिनेश न्यौपाने रहेका छन् ।








