गृहपृष्ठ Featured भारतीय प्रोफेसरले ‘भारतको कपिलवस्तु’ भनेपछि पूर्वराजदूत उपाध्यायले गरे मन्चबाटै प्रतिरोध

भारतीय प्रोफेसरले ‘भारतको कपिलवस्तु’ भनेपछि पूर्वराजदूत उपाध्यायले गरे मन्चबाटै प्रतिरोध

भारतले लुम्बिनी र कपिलवस्तुको नाममा गलत प्रचार गरेको विषय नयाँ होइन तर नेपालको तर्फबाट त्यसको संस्थागत प्रतिवाद कम भएको छ । भगवान गौतमबुद्ध लुम्बिनीमा जन्मेको र २९ वर्ष कपिलवस्तुको तिलौराकोटमा बिताएको विश्वले नै प्रमाणित गरेको विषय हो ।

सिद्धार्थ गौतमकी आमा मायादेवी रुपन्देहीको देवदहस्थित माइतीबाट कपिलवस्तु घरमा जाँदै गरेको समयमा अहिलेको लुम्बिनीमा उनको जन्म भएको विश्वका धेरै इतिहासमा उल्लेख गरिएको छ तर भारतले यसलाई माथ गर्नेगरी उत्तर प्रदेशकै सिमानामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु र नक्कली तिलौराकोट बनाएर त्यहाँ आउने पर्यटकलाई गलत प्रचार गरिरहेको छ । तर नेपालबाट त्यसको प्रतिवाद कम भएको छ ।

विभिन्न राजनीतिक दलहरुले आफ्ना आन्तरिक फोरममा त्यो विषय फाट्टफुट्ट बोलेपनि सरकारमा गएको बेला र जिम्मेवारीमा रहेको बेला यसको तथ्यमा टेकेर बोल्नसकेका छैनन् । केही दिनअघि कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्न अन्तिम तयारीको समयमा भारतीय दवावमा युनेस्को र त्यसको प्राविधिक सल्लाहकार इकोमसका प्रतिनिधिलाई प्रभावित गरेर रोकिएको ताजा उदाहरण छ ।

अहिले बौद्ध शिक्षा अध्ययनका लागि विश्वको ध्यान केन्द्रीत गरेको छ लुम्बिनी विश्वविद्यालयले । यसको मुख्य कार्यालय नै लुम्बिनीमा छ । यहाँ विश्वका धेरै देशका विश्वविद्यालयहरुले सहकार्य गरेर अघि बढिरहेका छन् भारतका पनि विभिन्न विश्वविद्यालयले यहाँ सहकार्य गरेका छन् तर भारतीय विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरुले नै लुम्बिनी र कपिलवस्तुबारे गलत प्रचार गरिरहेको रहस्य आइतबार लुम्बिनीमा आयोजित कार्यक्रममा देखियो ।

एशिया फाउन्डेसनको सहयोगमा गरिने यस्ता कार्यक्रममा भारतीय दाता नै बलियो भएका कारण त्यसको विरोध हुन नसकेको सहभागीहरुले गुनासो गरे ।

नेपालले बौद्ध शिक्षा अध्यापन हुने लुम्बिनी बौद्ध विश्वविद्यालय खोलेपछि भारतले सीमावर्ती क्षेत्रमै सिद्वार्थनगर विश्वविद्यालय संचालन गरेको छ । यही विश्वविद्यालयले लुम्बिनी, कपिलवस्तुबारे गलत प्रचार गरिरहेका छ ।

आज लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको कुटनीति र वौद्ध शिक्षाः विश्व शान्ति र दीगो विकासका लागि एक मार्ग विषयक अन्तर्राष्ट्रिय संगोष्ठीमा विशेष अतिथिका रुपमा रहेकी सिद्वार्थनगर विश्वविद्यालय भारतका उपकुलपति प्रोफेसर कविता शाहले आफ्नो ठेगाना बताउने क्रममा कपिलवस्तु भनेर परिचय दिएकी थिइन् । उनले सम्बोधनकै क्रममा पटक पटक भारतको कपिलवस्तु र तिलौराकोट भनेर सम्बोधन गरेकी थिइन् ।

यहाँ भारत, नेपालसहित विश्वका विभिन्न देशमा रहेका विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, विद्यार्थी सहभागी थिए । उनले यसरी सम्बोधन गरेपछि पनि धेरै वक्ताहरुले उनको खण्डन गर्ने हिम्मत गरेनन् तर भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो मन्तव्यकै क्रममा विरोध गरे । कार्यक्रमा सहभागी रहेका धेरैले त्यो सम्बोधनकै क्रममा खासखुस गरे, केहीले बाहिर निस्केपछि कडा विरोध गरेका छन् । भारतीय कुप्रचारप्रति पूर्व उपाध्यायले भने मन्चबाटै प्रतिरोध गरेका हुन् ।

नेपालको कपिलवस्तु हुँदाहुँदै भारतले केही वर्ष सिद्वार्थनगरलाई कपिलवस्तु भनेर नामाकरण गर्नुबाट अनावश्यक भ्रम सृजना भएको बताउँदै यस विषयमा विश्वविद्यालयहरुले अनुसन्धान गरी स्पष्ट पार्न पनि अनुरोध गरे ।

उनले उपकुलपति शाहको जवाफमा खुलेरै जवाफ दिएपछि सहभागीहरुले ताली बजाएर उनको सम्मान गरेका थिए । भारतीय राजनीतिको अध्ययन गरेका उपाध्यायले नेपालको कपिलवस्तुमा कनकमनि र क्रकुच्छन्द वुद्वकोसमेत जन्म भएकोले तिनकोसमेत प्रचारमा जोड दिए ।

बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुका बारेमा अनावश्यक विवाद तथा भ्रम सिर्जना हुनेगरी गतिविधि नगर्न बौद्ध दर्शनको अध्ययनरअध्यापन गराउने भारतीय प्रोफेसरहरुलाई पूर्वराजदूत उपाध्यायले आग्रह गरे ।

‘आज कूटनीतिमा बौद्ध शिक्षा, शान्ति र दिगो विकासको पथ विषयक अन्तर्राष्ट्रियस्तरको विशेष कार्यक्रममा उपाध्यायले यस्तो विषय बोल्नुलाई गम्भीर ढंगले लिनुपर्दछ, यसले राम्रो सन्देश गएको छैन’, उनले भने ।

कविताजीले भन्नुभयो, नेपालको कपिलवस्तु अहिलेको होइन, उता सुरु भएको कपिलवस्तु धेरै पछि बनेको हो, भनिएको हो, हामीले विरोध गरेका छैनौ तर आध्यामिकता र पवित्रतामा आँच आउन दिनेगरी बोल्नुहुँदैन, लुम्बिनीमा द्वन्द्व सृजना गर्ने काम नहोस्, यसले बुद्धको सिद्धान्तमा असर पार्नसक्छ, इतिहास तोडमोड गर्ने छुट कसैलाई छैन’, उनले भने ।

सम्बन्धित् समाचार