गृहपृष्ठ Featured अमेरिकामा ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान

अमेरिकामा ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) र नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।

शाही र घिसिङलाई न्युयोर्कमा ‘ग्लोबल नेपाली’ आइतबार साे अवार्ड प्रदान गरेको हो । यसबारे शाहीले सामाजिक सञ्चालमार्फत जानकारी दिएका छन् ।

शाहीले फेसबुकमा लेखेका छन्, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरुप्रति समर्पित गर्छु ।’

यो अवार्डले समाजमा राम्रो काम गर्न प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने शाहीको भनाइ छ ।

global-award-1753675110.jpg

त्यस्तै घिसिङले पनि अवार्ड प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । कुलमानले भनेका छन्, ‘यस्तै कार्यले संसारभरिको नेपालीहरूलाई जोड्दै जाओस् । सुभकामना ।’

सम्बन्धित् समाचार