गृहपृष्ठ कपिलवस्तु बिशेष उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

घनश्याम भर, कपिलवस्तु, १२ साउन ।

नेपाल रेडक्रस साेसाइटी रुपन्देही जिल्ला शाखाले राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र विजयनगर गाउँ समितिलाई उत्कृष्ट रक्तदाताकाे सम्मानमा प्रशंसा-पत्र प्रदान गरेकाे छ । रुपन्देही जिल्ला शाखाले साेमबार ६० औँ रक्तसञ्चार सेवा दिवसकाे अवसरमा राष्ट्रिय युवा संघ र गाउँ समितिलाई प्रशंसा-पत्र प्रदान गरिएकाे नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार सेवा समितिका संयाेजक सुशील गुरुङले जानकारी दिए ।

बुटवलमा आयाेजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाद्वारा राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष ताैलेश्वर खटिकलाई प्रशंसा-पत्र प्रदान गरिएकाे जनाइएको छ । यसले समाजमा स्वास्थ्य र जीवनको सुरक्षामा अहम योगदान पुर्‍याएकाे रेडक्रस साेसाइटी रुपन्देहीका अध्यक्ष रामचन्द्र उपाध्यायकाे भनाइ छ ।

राष्ट्रिय युवा संघ नेपाल र विजयनगर गाउँ समितिले रक्तदानको महत्वलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८१/०६२ मा “रक्तदान, जीवनदान” भन्ने प्रेरणादायी नारा अनुरुप १ सय ३० युनिट रक्तदान गरी उत्कृष्ट संस्थाको रुपमा मान्यता प्राप्त गरेका छन् ।

विभिन्न सामाजिक गतिविधिहरूमा संलग्न संस्थागत संगठनले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने कार्यमा उच्च प्राथमिकता दिएका हुन् । यस कार्यक्रमको सफलतासँगै नेपाल रेडक्रस सोसाइटीले ६० औँ रक्त सञ्चार दिवसको अवसरमा प्रशंसा-पत्र प्रदान गरी सकारात्मक द्वन्द्व र सहयोगको प्रतीकका रूपमा रक्तदाताहरूको महत्त्वलाई उजागर गरेका छन् ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले रक्तदातालाई बधाई दिँदै रक्तदानको महत्व र आवश्यकतालाई जनचेतना फैलाउन महत्त्वपूर्ण  सहयोग पुर्‍याएकाे बताए । गाउँपालिकाले पनि रक्तदान कार्यक्रमलाई गहिरो चिन्तनका साथ हरेक दृष्टिकोणले रक्तदान जस्तो पवित्र कार्यमा निरन्तर याेगदान पुर्‍याउने भन्दै अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।

यस्तै राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष ताैलेश्वर खटिकले प्रशंसा-पत्र ग्रहण गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

 

सम्बन्धित् समाचार