गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तु नामको महत्व भारतले बुझ्यो तर हामीले अझै बुझ्न सकेनौं : प्रदेश सांसद पन्थी

कपिलवस्तु नामको महत्व भारतले बुझ्यो तर हामीले अझै बुझ्न सकेनौं : प्रदेश सांसद पन्थी

वैखरी अनलाईन, बाणगंगा ।

लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले भारतले कपिलवस्तु नामको महत्वलाई बुझेर दीर्घकालीन योजना अघि बढाइरहेको दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले भारतले नेपाल सीमा नजिकै मायादेवी गाउँपालिका चाकरचौराहाबाट करिब २ किलोमिटरको दूरीमा कपिलवस्तु नाम दिइरहेको उल्लेख गर्दै नेपालका सरोकारवालाहरू यसबारे अझै सचेत नभएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

पन्थीले सामाजिक सञ्जालमा लेख्दै लुम्बिनी विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा भएको एक समारोहमा सहभागी भारतीय उपकुलपति कविता शाहले भारतमा निर्माणाधीन “कपिलवस्तु”को पक्षमा वकालत गरेको उल्लेख गर्नुभयो

उहाँले ‘कपिलवस्तुको महत्व हामीले बुझ्ने कहिले होला ?’ भन्दै उहाँले लुम्बिनी प्रदेशको राजधानी र नाम कपिलवस्तु राखिएको भए उचित हुने विचार व्यक्त गर्नुभएको छ । साथै, प्रदेश सरकारले “कपिलवस्तुलाई सांस्कृतिक राजधानी बनाउने संकल्प प्रस्ताव” पास गरे पनि त्यो अहिलेसम्म कार्यान्वयन नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा “सांस्कृतिक राजधानी खै ?” भनेर प्रश्न गरिएको उल्लेख गर्दै सांसद पन्थीले त्यसप्रति प्रतिक्रिया जनाउँदै “महालेखालाई धन्यवाद” समेत दिनुभएको छ ।

सम्बन्धित् समाचार