गृहपृष्ठ Featured नागरिकता नपाउदा नर्सिङ लाइसेन्सबाट बाणगंगाकी सुस्मिता बञ्चीत

नागरिकता नपाउदा नर्सिङ लाइसेन्सबाट बाणगंगाकी सुस्मिता बञ्चीत

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ बाट नागरिकता नपाएपछि सुस्मिता बराल नर्सिङ लाइसेस्नको परिक्षाबाट बञ्चीत भएकी छन । कात्तिक ९ गतेसम्म अनिवार्य उनलाई नागरिकता चाहिएकोमा असोज २३ बाट नागरिकता बनाउन धाउदा पनि आलटाल गरेर वडा अध्यक्ष गिरिले १० दिनसम्म बिहान दिउसो या साझ पख आउनु भन्दै आलटाल गर्दै आएकोमा पछिल्लो समयमा कागज नमिलेको भन्दै नागरिकता दिन नमानेपछि पिडित सुस्मिताको उच्च शिक्षा अध्ययनका लागी बाटो बन्द भएको छ ।

अध्यक्ष गिरिले २ वटा जन्म दर्ता र आमाको अबिवाहित नागरिकताका कारण नागरिकता दिन नमिल्ने बताउदै आएका छन । पिडित सुस्मिताका बुवा सुर्य प्रसाद बरालले वडा अध्यक्षले आमाको प्रतिलिपि नागरिकता, विवाह दर्ता र शैक्षिक यौग्यताको प्रमाण पत्र हेरेर सञ्चार माध्ययममा बोल्न वैखरी अनलाइन मार्फत आग्रह गरेका छन ।

पिडित सुस्मिता बरालले नागरिकता पाउने थुर्पै आधार रहेको र के कुन कारणले सिफारिस नदिएको प्रति बाणगंगा नगरपालिका मेयर मगंल प्रसाद थारु, जिल्ला प्रशासन कार्याालय प्रमुख गजेन्द्र श्रेष्ठ, बाणगंगा वडा अध्यक्ष तथा सरोकारवाला समेत वडा अध्यक्षको नियत प्रति चकित रहेको बताएका छन ।

सम्बन्धित् समाचार