गृहपृष्ठ Featured यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जनाभन्दा धेरै अफ्रिकी शरणार्थी तथा आप्रवासीको ज्यान गएको छ । अझै ७४ जना हराइरहेका छन् । एक सय ५४ जना इथियोपियाली नागरिक चढेको डुङ्गा डुबेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

१२ जनालाई जिवित उद्धार गरिएको खबरमा उल्लेख छ । यो क्षेत्र अफ्रिका र मध्यपूर्व जोड्ने खतरनाक जलमार्गका रूपमा चिनिन्छ । विशेष गरी इथियोपिया र सोमालियाबाट खाडी देशतर्फ जान खोज्ने आप्रवासीहरू तस्करमार्फत यस्तो जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार २०२४ मा ६० हजार भन्दा बढी आप्रवासी यमन पुगेका थिए, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो । पछिल्ला दुई वर्षमा मात्रै यो मार्गमा सयौंको ज्यान गइसकेको छ । अहिले यमनमा तीन लाख ८० हजार शरणार्थी तथा आप्रवासी रहेका छन् ।

सम्बन्धित् समाचार