गुल्मी ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको काली गण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
काली गण्डकी करिडोर अन्नतर्गत काली गण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सडक माथिबाट ठुला ठुला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी (वामीटक्सार) खण्ड पनि अवरुद्ध बनेको छ । सो सडक अन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।