गृहपृष्ठ Featured रुपन्देहीको मर्चवारी-३ का वडाध्यक्ष यादवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देहीको मर्चवारी-३ का वडाध्यक्ष यादवसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका-  ३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ ।

अख्तियारले वडाअध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानी सिफारिस गर्न तीन लाख घुस लिएको आरोपमा मुद्दा दायर गरेको जनाएको छ ।

वडाअध्यक्ष यादवले सो रकम गणेश ट्रेडिङका संचालकका छोरा विपिन कुमार पाण्डेयलाई लिन लगाएको र पाण्डेयले घुस लिएको अवस्थामा नियन्त्रण लिएको थियो ।

अक्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले वडाध्यक्ष यादव र यसमा सहयोग गर्ने पाण्डेयविरुघ तीन तीन लाख रुपैयाँ बिगो माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर भएको जनाएका छन् ।

सम्बन्धित् समाचार