गृहपृष्ठ Featured बाढी-पहिरो: आज यी ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी

बाढी-पहिरो: आज यी ७ राजमार्ग पूर्णरूपमा अवरुद्ध, ९ सडक एकतर्फी

वर्षासँगै आएको बाढी-पहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्।

ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका नौवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित अरनिको राजमार्ग, नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्ग र लमजुङको मध्यनेपाल नगरपालिका-९ स्थित मध्यपहाडी लोकमार्ग आज पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।

त्यसैगरि काठमाडौँ नुवाकोट सडक, तेह्रथुमको लालीगुराँस नगरपालिका ७ स्थित मध्यपहाडी राजमार्ग रसुवाको गल्छी त्रिवेणी सडक, बागलुङको बागलुङ नगरपालिका १० स्थित कालीगण्डकी करिडोर र बागलुङकै काठेखोला ६स्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिका ४ स्थित बेनी जोमसोम सडक, तनहुँको बन्दिपुर ४ चुनपहडास्थित पृथ्वी राजमार्ग, कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित पोखरा बागलुङ सडक, गुल्मीको रुरु ३ स्थित रिडी तम्घास सडक, दाङको लमही नगरपालिका ९ स्थित राप्ती राजमार्ग र रोल्पाको  परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार