गुल्मी ।
पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका-६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६:३० बजेदेखि रुद्रवेणी-वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि.क.को कमाण्डमा दुई जनाको टोली खटिएको छ । पनि पानीको बहाव कम नभएसम्म बाटो खुलाउन नसक्ने जानकारी प्रहरीले जनाएको छ ।








