गृहपृष्ठ Featured अझै फेला परेनन् उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली

अझै फेला परेनन् उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली

काठमाडौँ ।

भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् ।

भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको जानकारी दिएको छ ।

उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा परेर २६ नेपाली हराएका हुन् ।

दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँग समन्वय गरी हराइरहेकाहरूको खोजी कार्यका लागि पहल गरिरहेको जनाएको छ।

529249844_1542701246710747_8912793753123764933_n

सम्बन्धित् समाचार