गृहपृष्ठ Featured चिनी उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

चिनी उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२, कुडियामा रहेको एक चिनी उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

बागमती खाड्सारी चिनी उद्योगमा वेल्डिङको काम गर्ने क्रममा स्थानीय ३५ वर्षीय विजय हजामको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, उद्योगमा वेल्डिङ गर्ने क्रममा हजामलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उनी करिब २० फिट तल खसेका थिए । गम्भीर घाइते भएका हजामको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार