वैखरी अनलाइन, बाणगंगा ।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘स्वर्ण बिन्दु प्राशन’ अभियान कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाको आयुर्वेद शाखाको आयोजनामा सोमबार आयुर्वेद शाखा कार्यालय जलेश्वर धाममा पाँच वर्षमुनिका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइएको हो ।
बिहानैदेखि सुरु गरिएको अभियानमा ९८३ बालबालिकाले स्वर्ण बिन्दु प्राशन गरेका छन् । यो नगरपालिकाको दोस्रो अभियान भएको वडा नम्बर ८ का वडाध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।
नगर प्रमुख चक्रपाणी अर्यालले यस अभियानलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षामा यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

आयुर्वेद शाखा बाणगंगाका प्रमुख तेज बहादुर सोमैका अनुसार आयुर्वेद औषधालयतर्फ नेपालमै पहिलो पटक बाणगंगाबाटै ‘स्वर्ण बिन्दु प्राशन’ अभियान सुरु भएको बताएका छन । अभियान नगरपालिकाको आर्थिक सहयोग र आयुर्वेद शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।








