गृहपृष्ठ Featured आजदेखि ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’ फिल्म प्रदर्शन

आजदेखि ‘जनै हराएको मान्छे’ र ‘माग्ने राजा’ फिल्म प्रदर्शन

आजदेखि दुईवटा फिल्म प्रदर्शनमा आएका छन् । विजय बरालको ‘जनै हराएको मान्छे’ र केदार घिमिरे (माग्ने बुढा)को ‘माग्ने राजा’ आजदेखि देशभर प्रदर्शनमा आएका हुन् ।

बसाइँसराइको कथामा आधारित ‘जनै हराएको मान्छे’मा बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहारीलगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् ।

आर्थिक संकट, भाग्य र सत्यको कथामाथि निर्माण भएको ‘माग्ने राजा’मा घिमिरेसहित वर्षा सिवाकोटी, विल्सन विक्रम राईलगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् ।

त्यस्तै हलमा नेपाली फिल्म ‘ताराहरू’, सिटामोल र मोहर पनि प्रदर्शन भइरहेका छन् ।

सम्बन्धित् समाचार