गृहपृष्ठ Featured अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाण्डौ – सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।

झन्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।

रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरोका कारण पटक–पटक समस्या हुने गरेको छ ।

सम्बन्धित् समाचार