गृहपृष्ठ Featured विश्वको सबैभन्दा अग्लो पुलको उद्घाटनअघि ९६ ट्रकसहित तनाव परीक्षण

विश्वको सबैभन्दा अग्लो पुलको उद्घाटनअघि ९६ ट्रकसहित तनाव परीक्षण

काठमाडौं ।

चीनमा विश्वको सबैभन्दा अग्लो पुल निर्माण सम्पन्न भएसँगै उद्घाटनको तयारी तीव्र पारिएको छ । चीनको गुइझोउ प्रान्तमा अवस्थित हुआजियाङ ग्रान्ड क्यान्यन पुलले अन्तिम तनाव (स्ट्रेस) परीक्षण गरेको छ ।

बिपान नदीमाथि ६२५ मिटर उचाइमा निर्माण गरिएको यो पुल विश्वको सबैभन्दा अग्लो र पहाडी क्षेत्रमा सबैभन्दा लामो दुरीमा फैलिएको पुल हो ।

गुइझोउ प्रान्तको नाटकीय कास्र्ट पहाडहरूमा अवस्थित यो पुललाई अभूतपूर्व इन्जिनियरिङ उपलब्धिको रूपमा लिइएको छ ।

चाइना डेलीका अनुसार, पुलले अगस्ट २१ देखि २५ सम्म कडा स्थिर लोड परीक्षण सफलतापूर्वक पास गरेको छ । परीक्षणका क्रममा कुल तीन हजार ३६० मेट्रिकटन तौल भएका ९६ वटा भारी ट्रकहरू पुलमा राखेर यसको भारवहन क्षमता जाँच गरिएको थियो ।

४०० भन्दा बढी सेन्सरहरूले पुलको मुख्य फैलावट टावर, केबल र सस्पेन्डरहरूमा हुने सानोभन्दा सानो हलचलको निगरानी गरी यसको संरचनात्मक सुरक्षा सुनिश्चित गरे ।

सम्बन्धित् समाचार