कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ हंसबाहिनी मार्गस्थित सीता खनालको घरमा गए राति करिब १२:३० बजे चोरी भएको छ।
चार जनाको समूहमा आएका चोरहरूले पिस्तोल र खुकुरी देखाएर घरका सदस्यलाई बन्धक बनाएर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेको पारिवारिक स्रोतले जनाएको छ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको जनाएको छ।








