गृहपृष्ठ Featured निजामती विधेयक– उमेरहदको अडानबाट पछि हट्यो सरकार

निजामती विधेयक– उमेरहदको अडानबाट पछि हट्यो सरकार

काठमाडौं ।

निजामती विधेयकमा उमेरहदसम्बन्धी राखेको अडानबाट सरकार पछि हटेको छ ।  सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले यसअघि समितिको बैठकमै उमेरहदका विषयमा अडान राखेकी थिइन् ।

तर उनको अडान अल्पमतमा पर्ने निश्चितपछि आज समितिको बैठकमा उनले व्यक्तिगत स्वार्थ र लाभ केही नभएको बताउँदै अडानबाट पछि हटेको जानकारी गराएकी थिइन् ।

“सर्वसम्मत गरेर जाने राष्ट्रियसभाको ट्रेन्ड भत्किन नदिउँ, सर्वसम्मत गरेर जाउँ, हिजो आजसम्मको समय मागेको थिएँ । प्रधानमन्त्री पनि देशमा हुनुहुन्न । बहुमत अल्पमतमा नजाऔँ,” उनले भनिन् ।

अब प्रतिनिधि सभाले पठाएको उमेरहद सम्बन्धी व्यवस्था कायम हुने भएको छ ।

umerhad-1756786571.JPG

सम्बन्धित् समाचार