गृहपृष्ठ Featured शुक्रबार पनि काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी

शुक्रबार पनि काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू जारी

नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार पनि निषेधाज्ञा र कर्फ्यू जारी राखेको छ। तर बिहीबार भन्दा केही खुकुलो बनाएको छ। सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

त्यस्तै शुक्रब‍ार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको निर्देशनालयले जनाएको छ।

अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने उल्लेख गरिएको छ।

निषेधाज्ञा र कर्फ्यू अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै अत्यावश्यक सेवा तथा सामान (दमकल, शववाहन, पानी, खाद्यान्न, दूध तरकारी, औषधि) का गाडीहरू सञ्चालन हुन सक्नेछन्।

सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले परिचय पत्र देखाएर कार्यालय जान सकिने उल्लेख छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर आवतजावत गर्न सकिने पनि सेनाले जानकारी दिएको छ।

अरू सहायता चाहिए सेनासँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ।

यसअघि बिहीबार बिहान १० बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा थियो।

misc1-1757603008.jpegmisc2-1757603008.jpeg

सम्बन्धित् समाचार