काठमाडौं ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा देशभर बैंकका ६८ शाखा कार्यालय र ६९ वटा एटीएममा क्षति पुगेको छ । प्रदर्शनका क्रममा बैंक तथा वित्तीय संस्थाभन्दा सरकारी र निजी भवनहरू ‘टार्गेट’मा परेका छन् ।
उक्त प्रदर्शनले नेपाल राष्ट्र बैंकको सिस्टममा कुनै असर पारेको छैन । हाल राष्ट्र बैंकको सिस्टम ठीकठाक रहेको गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बताए ।
तर, देशभरका केही बैंकका शाखा कार्यालय र एटीएममा असर परेको उनले बताए ।








