वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरमा मोटरसाइकल र्दुघटनामा हुदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
जगदीशपुरबाट बनगाई जादै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रमेश आर्चायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिहंले वैखरीलाई जानकारी दिए ।
उनको शवलाई अहिले पिपरा अस्पताल राखीएको छ ।
त्यस्तै मोटरसाइकलमा सवार अर्का सुजन सुनारको अवस्था गम्भीर रहेको छ ।
उनको अहिले बुटवल स्थित सनराइज इन्टरनेश्नल अस्पतालमा उपचार भई रहेको छ ।








