गृहपृष्ठ Featured महिला क्रिकेट विश्वकप : श्रीलंकाले बंगलादेशलाई ७ रनले हरायो

महिला क्रिकेट विश्वकप : श्रीलंकाले बंगलादेशलाई ७ रनले हरायो

काठमाडौं : श्रीलंकाले जारी महिला क्रिकेट विश्वकपमा शानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई ७ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको २०३ रनको लक्ष्य पछाएको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो।

अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेको अवस्थामा बंगलादेशले अन्तिम ओभरमा ४ विकेट गुमाएर केवल १ रन मात्र बनाएपछि श्रीलंकाले खेलमा शानदार कमब्याक गर्दै जित हासिल गरेको थियो। ​

श्रीलंकाकी कप्तान चामारी अथापथ्थुले अन्तिम ओभरमा एक रनआउटसहित बंगलादेशका चार ब्याटरलाई आउट गरेकी थिइन्। यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ४५ दशलमव ४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो।

यो जितपछि श्रीलंकाको ६ खेलमा चार अंक रहेको छ र छैटौं स्थानमा उक्लिएको छ। हारपछि बंगलादेश भने सेमिफाइनलको दौडबाट बाहिरिएको छ। बंगलादेशको ६ खेलमा केवल २ अंक रहेको छ।

प्रतियोगिता अन्तरगत आज पाकिस्तान र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।

सम्बन्धित् समाचार