गृहपृष्ठ Featured अब पाँचतारे लुम्बिनी हेरिटेज ‘क्राउन प्लाजा’ बन्ने

अब पाँचतारे लुम्बिनी हेरिटेज ‘क्राउन प्लाजा’ बन्ने

अन्तर्राष्ट्रिय आतिथ्य समूह आईएचजी होटल्स एन्ड रिसोर्ट्सले नेपालमा पुन: सेवा सुरु गर्ने भएको छ ।

आईएचजी (इन्टरकन्टिनेन्टल होटल्स ग्रुप) ले पहिलो पटक काठमाडौं बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड ‘क्राउन प्लाजा’ सञ्चालन गर्ने भएको हो ।

आईएचजीको क्राउन प्लाजा ब्रान्ड पहिले नेपालमा पाँचतारे होटल सोल्टी काठमाडौंमा सञ्चालित थियो । सोल्टीसँगको सम्झौता १४ मे २०२१ मा समाप्त भएपछि लुम्बिनी हेरिटेज मार्फत क्राउन प्लाजा  पुन: नेपाल फर्किएको हो ।

हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुन: ब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने भएको छ ।

यसबारे आईएचजी होटल्स एन्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । भारत नयाँदिल्लीमा सम्झौता भएको हो ।

सम्बन्धित् समाचार