(विजयनगर) कपिलवस्तु, १९ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजयनगर गाउँ कमिटीकाे सचिवालय बैठक बुधबार सम्पन्न भएको छ ।
प्रेमनगरमा बसेकाे बैठकले २२ गते वडा भेला र २५ गते जनप्रदर्शन गर्ने कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउनका लागि महत्त्वपूर्ण निर्णय गरेकाे गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।
बैठकमा एमाले केन्द्रीय सचिवालयकाे निर्णय अनुसार महत्वपूर्ण कार्यक्रमहरू निर्धारित गरेका छन् । बैठकमा निर्णय गरिए अनुसार कार्तिक २२ गते देशभरका सबै वडामा भेला र २५ गते जनप्रदर्शनकाे कार्यक्रमलाई सफल बनाउने कार्यमा पदाधिकारीहरु जुटेकाे गाउँ कमिटीका सचिव गाेकर्ण प्रसाद सापकोटाले जनाए ।
यसैगरी २९ गते बाणगंगा नगरपालिकामा शान्तिपूर्ण रूपमा जनसभा हुने कार्यक्रमलाई पनि भव्य रुपमा सफल बनाउने तयारीलाई तीव्र बनाइएको उनलेे बताए ।
यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले यस कार्यक्रमले आम नागरिककाे बुझाईमा भएकाे भ्रमलाई चिर्दै वास्तविकता पहिचानमा मद्दत पुग्नेे बताएका छ्न् । अहिलेकाे परिस्थितिलाई बुझाउने उद्देश्यले प्रदर्शन गर्न लागेकाे अध्यक्ष थापाकाे भनाई छ ।
जनतासँगको सम्पर्कलाई मजबुत बनाउनका लागि वास्तविक सत्य तथ्य बुझाउनुकाे साथै ओली नेतृत्वकाे सरकारले गरेकाे विकास निर्माणका कामलाई कसरी अगाडी बढेको र किन राेकिएकाे कारण सहित प्रस्तुत हुन आवश्यक रहेकाे भन्दै कार्यकर्तालाई लाग्न थापाले आग्रह समेत गरे ।










