नेकपा (एमाले) कपिलवस्तुले आगामी कात्तिक २९ गते बाणगंगामा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै एमाले जिल्ला सचिव सिवि गहतराजले जनपरिचालनलाई प्राथमिकता दिँदै जिल्लाभर सशक्त कार्यक्रम अघि बढाउने बताउनु भयो।
जेनजी आन्दोलन पश्चात पहिलोपटक बसेको यस बैठकले ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन लगायतका विषयमा समेत निर्णय गरेको जनाएको छ। बैठकमा एमाले केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज पदमा अर्याल प्रमुख अतिथि रहनुभएको थियो। बैठकमा जेनजी आन्दोलन, नयाँ पुस्ताका जायज माग, र सरकारका पछिल्ला गतिविधिबारे गम्भीर छलफल भएको एमाले कपिलवस्तुले जनाएको छ।
बैठकले जेनजी पुस्ताका मागहरूलाई संवादमार्फत सम्बोधन गर्न आवश्यक रहेको निष्कर्ष निकालेको हो। बैठक जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तव्य र सचिव सिवि गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलराम अधिकारी, केन्द्रीय सदस्यहरू सिराज अहमद फारुक र शुसिल श्रीवास्तव, लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्थी, निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेललगायतका नेताहरूको विशेष आतिथ्यता रहेको थियो।

त्यस्तै, बैठकमा एमालेका नेताहरू अकबाल अहमद खाँ, डम्मर प्रसाद शर्मा, खुमप्रसाद आचार्य, नेत्रराज अधिकारी, चक्रपाणी अर्याल, अर्जुन कुमार केसी, गोपाल थापा, बिमला चौधरी, शिवकुमारी चौधरी, धर्मराज भुसाल, बाबुराम आचार्य, लंक बहादुर हमाल, शारदा शर्मा, उमा विक, धनु अधिकारी, दीर्घनारायण पाण्डे, सफर अलिमिया, उपेन्द्र खनाल, भुपाल र नवराज लामिछाने लगायतका नेताहरूको समेत आतिथ्यता रहेको थियो।
बैठकले जनपरिचालन, संगठन सुदृढीकरण र बाणगंगामा हुने शक्ति प्रदर्शनलाई सफल बनाउने तयारीलाई मुख्य कार्यसूचीका रूपमा अघि बढाएको छ।










