गृहपृष्ठ Featured दुबईमा खस्यो भारतको लडाकु विमान (भिडिओ)

दुबईमा खस्यो भारतको लडाकु विमान (भिडिओ)

संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा शुक्रबार भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ। भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ।

वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ।

अल मकतुम विमानस्थलमा जारी एयर सोमा डेमो उडानका क्रममा भारतीय लडाकु विमान दुर्घटना भएको हो।

एपी समाचार एजेन्सीका अनुसार दुर्घटना शुक्रबार भारतीय समय दिउँसो ३:४० बजे भएको हो।

दुर्घटनाग्रस्त हुँदा विमानमा आगो लागेको थियो र विमानस्थलमाथि कालो धुवाँको मुस्लो देखिएको थियो।

वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ। दुर्घटनाको कारण अनुसन्धान गर्न आदेश दिइएको छ।

भारतीय वायुसेनाको तेजस जेट दुर्घटना भएको यो दोस्रोपटक हो। यसअघि २०२४ मा राजस्थानको पोखरणमा युद्धाभ्यासका क्रममा इन्जिन फेल भएका कारण तेजस विमान दुर्घटना भएको थियो।

 

सम्बन्धित् समाचार