गृहपृष्ठ Featured वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैनः ओली

वर्तमान सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउने ठाउँ छैनः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने बताएका छन्।

शनिबार पार्टीद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतले कुनै पनि हालतमा वर्तमान सरकारलाई संवैधानिक ठहर्‍याउन नसक्ने जिकिर गरे।

हिंसा, अशान्ति, आगजनी, तोडफोड र लुटपाटबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै उनले यस्तो सरकारलाई संवैधानिक ठहर्‍याउन सक्ने अवस्था नरहेको बताए।

उनले वर्तमान सरकार लोकतन्त्रविरुद्ध निर्माण गरिएको आरोपसमेत लगाए।

सम्बन्धित् समाचार