आर्सनलले युईएफए च्याम्पियन्स लिगमा लगातार छैटौँ जित दर्ता गरेको छ । बुधबार सम्पन्न खेलमा आर्सनलले क्लब ब्रुगविरुद्ध ३–० को सहज जित निकाल्यो ।
जान ब्रेडेल रंगशालामा पाहुना टोली आर्सनललाई जित दिलाउन नोनी मेडुकेले दुई र गाब्रियल मार्टिनेलीले एक गोल गरे ।
खेलको २५औँ मिनेटमा मेडुकेको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ४७औँ मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए । मार्टिनेलीले ५६औँ मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरे ।
बुधबारै सम्पन्न अन्य खेलमा बेन्फिाका नापोली तथा युभेन्टसले पाफोसलाई २–०, आयक्सले काराबागलाई ४–२, कोपनहेगनले भिल्लारियललाई ३–२ र म्यानचेस्टर सिटीले रियल मड्रिडलाई २–१ ले पराजित गरे । यसैगरी, लेभरकुसन न्युक्यासल युनाइटेड तथा बोरुसिया डर्टमन्ड बोडो/गिल्मटसँग २–२ र पेरिस सेन्ट जर्मेन(पीएसजी) एथलेटिक क्लब बिल्बाओसँग गोलरहित बराबरीमा रोकिए ।








