गृहपृष्ठ Featured कपिलवस्तु डान्स आइडलको दोस्रो अडिसन ११ गते बुधबार

कपिलवस्तु डान्स आइडलको दोस्रो अडिसन ११ गते बुधबार

एघारौं कपिलवस्तु महोत्सव आयोजना हुने नवौं कपिलवस्तु डान्स आइडलको अडिसन बुधबार हुने भएको छ । बिगत ८ बर्षबाट महोत्सव अन्र्तगत आयोजना हुने कपिलवस्तु डान्स आइडलको दोस्रो अडिसन बुधबार ११ गते हुने भएको हो ।

आइडलमा बिगतका आइडलमा सहभागि मध्य उत्कृष्ट ५ मा पर्ने पनि सहभागि हुन सक्ने डान्स आइडल संयोजक अमृत केसिले वैखरी अनलाइनलाई जानकारी दिए । नृत्यमा रुची राख्ने जिल्ला बासीले यस मौकाको फाइदा लिनका लागी निर्णायक हरि शरण रिजालले आग्रह समेत गरेका छन ।

 

यही १९ गतेबाट सुरु भई पुस १ गते सम्म आयोजना हुने कपिलस्तु महोत्सवमा आफनो प्रतिभा देखाई आफनो परिचय बनाउन उनले आग्रह समेत गरेका छन । डान्स आइडलमा प्रथम हुनेले नगद रु १,११,१११ द्धितृय हुनेले नगद रु ६६,६६६ तृतिय हुनेले ४४, ४४४ र सान्तवना हुनेले २२,२२२ साथै थुर्पै आर्कषक पुरस्कार पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका निबर्तमान अध्यक्ष पदम सेनले बताएका छन ।

सम्बन्धित् समाचार