गृहपृष्ठ Featured लमहीको एक हाेटलमा लुकाइएकाे पेस्तोल पड्किँदा एक जना घाइते

लमहीको एक हाेटलमा लुकाइएकाे पेस्तोल पड्किँदा एक जना घाइते

दाङ ।

लमहीमा पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।

शनिबार बिहान पौने ११ बजे पेस्तोल पड्किँदा लमहीको रातो डाँडा स्थित रोयल प्यालेस होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका छन्।

कोठा सफा गर्ने क्रममा एसीमाथि लुकाएर राखिएको पेस्तोल निकाल्दा अचानक पड्किँदा गौतमको औँलामा चोट लागेको दाङ प्रहरीका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।

गौमको अवस्था सामान्य रहेको छ।

घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

यसअघि पनि लमहीस्थित एक सुनचाँदी पसलमा गोली चल्दा एक जना घाइते भएका थिए।

सम्बन्धित् समाचार