गृहपृष्ठ Featured आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा

आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन्।

देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई शनिबार बिहान ९ बजे आफ्नै निवासमा बोलाएका छन्।

उनीहरूबीच आसन्न महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनका विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसले पुस २६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ।

सम्बन्धित् समाचार