गृहपृष्ठ Featured परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर महराजगंजको बिकासमा लागौै ः नगर प्रमुख कलाम

परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर महराजगंजको बिकासमा लागौै ः नगर प्रमुख कलाम

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले परिवर्तनलाई आत्मसात गर्दै सबै मिलेर नगरपालिकाको विकास गर्नु पर्ने बताएका छन ।

१८ औँ नगर सभामा सम्बोधन गर्दै उनले भ्रष्ट्राचार र सुशासन कायम गर्न गरिएको जेन्जीको आन्दोलनले दुई दिन मै सत्तापलट भएकोले समयको माग अनुसार सबै मिलेर महाराजगंज नगरपालिकालाई राम्रो नगरपालिका बनाउनु पर्ने बताए ।

उनले आफनो कार्यकालमा दुई वटा मात्र नगर सभा गर्न बाकी रहेकोले सबैले अब बिकासमा ध्यान दिनु पर्ने बताए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत दिपेन्द रेग्मीले नगरपालिकाले पहिलो पटक ३ स्थानमा घुम्ती शिबिर संपन्न गरी १ हजार १५६ जना नगरबासीलाई सेबा प्रदान गरिएको बताए ।सोही शिबिरमा पाठेघरको क्यासन्र बिरुद्धको एचपिबिको खोप समेत ६ सय जना किशोरीलाई लगाइएको थियो ।

चालु आर्थिक बर्षको ६ महिना भित्र नगरपालिकामा ३० करोड बढीका २३ वटा टेन्डर मार्फत गर्ने योजनाहरुको सुचना निकालेर काम अघि बढाइएको बताए ।

यस्तै उपभोक्ता समिति मार्फत ७ वटा योजनाको संझौता भएको र नगरपालिकाको आधारभुत अस्पताल संचालनकालागि समेत तयारी गरिएको छ । यस्तै सभाले संशोधन प्रस्ताव समेत पारित गरेको छ ।

सो अवसरमा वडाध्यक्षहरुले बजेट कार्यान्वयमा बिभिन्न बाधा ब्यवधान आएकाले त्यसको निकास निकाल्नु पर्ने माग गरेका थिए ।

सभामा उप प्रमुख रिता कुमारी चौधरीको समेत सहभागीता थियो । सभा अब्दुल कलामको अध्यक्षता, प्रशासन प्रमुख निरन्जन पौडेलको स्वागत र बृजेश यादवको संचालनमा भएको थियो

सम्बन्धित् समाचार