CLUB 40 INTERNATIONAL र अनलाइन मिडिया साउथ कोरियाको संयुक्त सहकार्यमा आयोजित सामाजिक अभियन्ता सम्मान कार्यक्रम यही पौष ६ गते मा दक्षिण कोरियाको सियोल मा हुँदैछ. सम्भवत: देशको बिभिन्न क्षेत्रमा रहेर देश र समाजको बिकासमा सकारात्मक भूमिका निर्बाह गर्नुभएका ,लब्ध प्रतिष्ठित , सामाजिक अभियन्ताहरु प्रति अन्तरास्ट्रिय स्तरमा गरिन लागिएको यो सम्मान पहिलो पटक हो ।
गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री राम शरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका पुर्व राजदुत कमान सिङ्ह लामा को बिशेष आतिथ्यता रहने आयोजकले जानकारी दिएको छ l
कार्यक्रम को ब्यवस्थापनमा संस्थापक बिभु न्यौपाने , प्रमुख कार्यकारी अधिकृत कृष्ण पोख्रेल ,कार्यक्रम ब्यवस्थापक बिकास बोलखे ,कार्यक्रम निर्देशक समिर लामा ,कोडिनेटर सुदिप सापकोटा लगायतको संयोजनमा दक्षिण कोरियाको सियोलमा उक्त कार्यक्रम हुनेछ ।
बिगतमा पनि संस्थाले बालबालिका, महिला र युवाहरूको अधिकार सम्बन्धी जागरूकता कार्यक्रम सञ्चालन गर्ने ,जैवविविधता र वातावरण संरक्षण प्रबर्द्धन गर्ने ,मानव अधिकार, शिक्षा, संगठन र सामाजिक परिचालनको पदोन्नति गर्ने ,समुदायमा कृषिको प्रचार तथा प्रवर्द्धन कार्य गर्ने लगायतका सामाजिक कार्यहरू गर्दै आएको छ ।
दक्षिण कोरियाबाट ISA Award को लागी नोमिनेशनमा परेका प्रकासित नामवली विवरण यस प्रकार छ :-
१ नेहा पोख्रेल -सामाजिक अभियन्ता
२ सानु माया लामा – सामाजिक अभियन्ता
३ बासु माया तामाङ -महिला उद्दमी
४ कमला सुबेदी -महिला उद्दमी
५ रेखा चौधरी -महिला उद्दमी
६ माया गुरुङ -महिला उद्दमी
७ शिव हरी नेपाल -कलाकार
८ बिकास लामिछाने -कलाकार
९ दिनेश काफ्ले -कलाकार
१० दबुती शेर्पा -पर्वत आरोही
११ ईन्द्र बहादुर लामा तामाङ -कलाकार
१२ अस्मिता सुनार -कलाकार
१३ मनिष श्रेष्ठ -फोटोग्राफर
१४ असोसियन लामा -कलाकार
१५ रुपा लामा -कलाकार
१६ राजन रिजाल -कलाकार
१७ करुना पाण्डे-कलाकार
कार्यक्रममा ट्राभल पार्टनरका रूपमा फिल होम प्रा. लि. रहेको छ ।









