गृहपृष्ठ Featured काठमाडौँको भावी मेयरमा रविका दाइले ‘उम्मेदवारी दिने’ !

काठमाडौँको भावी मेयरमा रविका दाइले ‘उम्मेदवारी दिने’ !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी प्रतिनिधि सभा निर्वाचन लड्ने सहमति गरेपछि यस पार्टीका सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेले काठमाडौँको भावी मेयर पदमा आफ्नो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको बताएका छन्।

रास्वपा सभापति रवि र मेयर बालेनबीच आइतबार बिहान एकता गर्ने सहमति भएको हो। उनीहरूले हस्ताक्षर गरेको सहमति पत्रमा दुई पक्षबीच एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति पनि लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारचाहिँ बालेन बन्ने उल्लेख छ।

यसप्रति खुसी व्यक्त गर्दै रविका दाजु हरिशरणले फेसबुकमा लेखेका छन्, ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’

सम्बन्धित् समाचार