गृहपृष्ठ Featured ‘देश जलाउने र ठगी गर्नेसँग हामीलाई डर छैन’

‘देश जलाउने र ठगी गर्नेसँग हामीलाई डर छैन’

काठमाडौँ – नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहप्रति लक्षित गर्दै देश जलाउनेहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौँमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा खतरा दुष्टको धृष्टताबाट नभई सज्जनको निषेधबाट हुने जिकिर गरे।

उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको दाबी गरे। विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद् भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उनको भनाइ छ।

उनले यो नेपालमा पटक पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताए।

उनले भने, ‘आज यो देश जलाउने लुसिफरहरुबाट हामीलाई खतरा छैन। आज ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर छैन। आज विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद् भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर छैन। यिनीहरु संसारभर नै क्षणिक हुन्।’

नेता विश्वकर्माले भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे।

सम्बन्धित् समाचार