गृहपृष्ठ Featured नेकपा एमालेले समानुपातिक सुचिमा रुपन्देहीका कसैको नाम नराखेपछि कार्यकर्ता आक्रोसित

नेकपा एमालेले समानुपातिक सुचिमा रुपन्देहीका कसैको नाम नराखेपछि कार्यकर्ता आक्रोसित

बुटवल। नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ समानुपातिक उम्मेदवारहरूको सूची बुझाउँदा रुपन्देहीका कसैलाई पनि नराखेको भन्दै व्यापक असन्तुष्टि सुरु भएको छ।

नेकपा एमालेले रुपन्देहीबाट सिफारिस भएका एक जनाको पनि नाम नपठाएको सूचना  आफूले प्राप्त गरेको एमालेका एक नेताले बताए।

 

नेकपा एमालेले रुपन्देहीबाट कसैको नाम समावेश गरेन, यसरी पार्टी चलाउन खोजिएको छ जुन एमालेका लागी सबैभन्दा घातक हुने छ नेकपा एमाले रुपन्देहीका एक पदाधिकारीले भने।

नेकपा एमाले नेतृत्वले आफ्नो बलियो जग भत्काउने काम गरेको छ उनले आक्रोश व्यक्त गरे। अन्य पार्टीले एमालेका कार्यकर्ता लगेर आफ्नो सूचिमा राखेको छ। एमाले यो हिसाबले अगाडी बढ्न सक्दैन।

नेकपा एमाले रुपन्देही श्रोतका अनुसार समानुपातिक तर्फबाट खस आर्यमा नन्दिकेशर ढकाल, भुमिलाल सापकोटा, बुद्धीसागर भटराई, महिलामा गोमा आचार्य, मधेसीमा सुनिता ठटेर, मुस्लिममा एजाज आलम, थारुमा खुसीराम चौधरी, दलितमा एकराज बिश्वकर्मा र जोगलाल बिश्वकर्मा,आदिवासी जनजातीबाट खेमराज गुरुङ जनजाती महिलामा हिरामाया थापा र अपांगता भएकाबाट सावित्रा घिमिरे सिफारिस भएका थिए।  तर जिल्लाले पठाएका कुनै पनि नाम समानुपातिक सुचीमा परेका छैनन्।

एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले समानुपातिक सुचीमा कसैको नाम नपर्ने कुरा दुखद भएको बताए। रुपन्देहीबाट कसैको नाम परेन भन्ने सूचना मलाई सत्य हो जस्तो लाग्दैन अहिले पनि बुझ्ने प्रयास गरी रहेको छु यदि कसैको नाम पनि नराखेको भए त्यो दुखद हो यसले पार्टीलाई ठिक गर्दैन उनले भने।

यता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मञ्जु भुसाल र युवा सङ्घ पूर्व केन्द्रीय सदस्य श्रद्धा कुँवर लगायतलाई भने रास्वपाले समानुपातिक सूचिमा राखेको छ। नेकपा माओवादीबाट नेकपा एमाले प्रवेश गरेकी भुसाल सोमवार सम्म एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थिइन भने एमालेको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेर पराजित भएकी थिइन्।

त्यसै गरी युवा सङ्घमा काम गरेकी श्रद्धा कुँवर भदौ २३ र २४ गतेको जेनजी हरुको आन्दोलन पछि युवा सङ्घ छोडेको घोषणा गरेकी थिइन्।

रास्वपाले समानुपातिक उम्मेदवारको सूचिमा राखेका मध्ये रुपन्देहीका पूर्व एमाले कार्यकर्ता धेरै छन्।

सम्बन्धित् समाचार