काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरिएको छ ।
गत भदौ २३/२४ मा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले छानबिनका लागि लेखकको विदेश भ्रमणका साथै अनुमतिबिना उपत्यका छाड्ने नपाउने व्यवस्था गरेको थियो ।
आयोगको उक्त निर्णय बिहीबार (पुस १७) बाट फुकुवा गरिएको हो ।
लेखकले यसअघि आयोगसमक्ष बयान दिएका थिए । अब पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै स्थानहद कायम छ ।
ओलीलाई पनि एक साताको समय दिएर बयानका लागि बोलाउने तयारी आयोगले गरेको छ ।








