गृहपृष्ठ Featured विश्वप्रकाशले भने- पार्टी कुनै पनि हालतमा फुट्दैन

विश्वप्रकाशले भने- पार्टी कुनै पनि हालतमा फुट्दैन

काठमाडौँ : विशेष महाधिवेशनमा जुटेका नेपाली कांग्रेसको इतरपक्षले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी दोहोर्‍याएको छ। बिहीबार भिडियो सन्देश जारी गरी महामन्त्री विश्वप्रकाश शर्माले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर आह्वान गरेको विशेष महाधिवेन भएरै छोड्ने तर पार्टी विभाजन नहुने दाबी गरेका छन्।

यो विषयमा महामन्त्री गगन थापा र आफ्नो समान धारणा रहको उनले स्पष्ट पारेका छन्। साथै उहाँले पार्टी विभाजन हुने अवस्था आए आफू सबैभन्दा पहिले महाधिवेशन हलबाट बाहिरिने दाबी गरेका छन्। उनले विशेष महाधिवेशन गर्नु भनेको विभाजन नभई थप बलियो बनाउने कार्य भएको जिकिर गरेका छन्। शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते हुने उम्मेदवारी दर्तालाईसमेत कुनै पनि असर नपुर्‍याउने दाबी गरेका छन्।

अर्का महामन्त्री गगन थापाले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्था आएमा आफू विष पिउन तयार रहेको बताएका छन्। इतर पक्षले विशेष महाधिवेशनको तयारी गरिरहँदा पार्टी केन्द्रीय कार्यालयले भने एक विज्ञप्ति जारी गर्दै सहभागी नहुन आह्वान गरेको छ। केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार महामन्त्रीलाई नरहेको र नियमित महाधिवेशनको प्रक्रिया शुरु भइसकेकोले औचित्यसमेत नरहेको उल्लेख गरेको छ।

तर, महामन्त्रीद्वयले भने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको महाधिवेशनमा आफूहरू सहभागी हुने भन्दै सबै प्रतिनिधिलाई सहभागिताका लागि आग्रह गरेका छन्। विशेष पक्षधरले बुधबार पत्रकार सम्मेलन गरी महाधिवेशनको औपचारिक आह्वान गरेको थियो ।

सम्बन्धित् समाचार