गृहपृष्ठ Featured आर्सनल र लिभरपुलले अंक बाँडे

आर्सनल र लिभरपुलले अंक बाँडे

लिड लिडर आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ ।

इमिरेट्स रंगशालामा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । यो सिजन आर्सनलले घरेलु मैदानमा गोल गर्न नसकेको यो पहिलोपटक हो ।

यस नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमायो । तर, अहिले पनि आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि छ ।

आर्सनलको २१ खेलबाट ४९ अंक भएको छ । लगातार १०औँ खेलसम्म अपराजित यात्रा कायम राखेको लिभरपुल भने समान खेलबाट ३५ अंकका साथ चौथो स्थानमा छ ।

सम्बन्धित् समाचार