सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारीहरूले आज मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सहकारीको १६औँ वार्षिक साधारण सभाबाट सर्वसम्मत रूपमा कृष्णप्रसाद गैरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । उपाध्यक्षमा रनबहादुर क्षेत्री, सचिवमा खुमकला घिमिरे र कोषाध्यक्षमा कविराज ज्ञवाली निर्वाचित हुनुभएको छ।
यस्तै, कार्यसमिति सदस्यहरूमा बुद्धि बहादुर कार्की, कमल खत्री, नारायणप्रसाद न्यौपाने, रत्न बहादुर कार्की र मधुकला भट्टराई निर्वाचित हुनुभएको छ । निर्वाचन मण्डलका संयोजक खिम बहादुर जिसीका अनुसार लेखा समिति संयोजकमा खगेन्द्रप्रसाद पोख्रेल तथा सदस्यहरूमा कमला घिमिरे र कृष्णा अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीहरू स्थानीय आर्थिक विकासका मेरुदण्ड भएको बताउनुभयो। उहाँले सहकारीले पारदर्शिता, अनुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर काम गरेमा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो । यस सहकारीले कृषि, उत्पादन र स्वरोजगार प्रवद्र्धनमा ध्यान दिन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने उहाँको विश्वास छ ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद गैरेले सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्य–मुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि, उत्पादनशील तथा उद्यमशीलता कर्जा लगानीलाई प्राथमिकतामा राख्दै सहकारीलाई स्थानीय आर्थिक विकासको बलियो आधार बनाउने लक्ष्य रहेको बताउनुभयो । शेयर सदस्यहरूको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गरिने उहाँको भनाइ थियो ।

निवर्तमान अध्यक्ष सुरेन्द्र पाण्डेले हालसम्मको आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदैं यस सहकारीलाई मुलुककै एक नमुना सहकारीको रुपमा स्थापित गर्ने गरि नवनिर्वाचित टिमलाई लाग्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रम निर्वाचन मण्डल समितिका सदस्य सन्तोष थापाको संचालनमा सम्पन्न भएको हो ।









