३० पुस, काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।
अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको तर पौडेल र घिमिरे महामन्त्रीमा चयन भएका छन् । आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।








