काठमाडौं ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ।
आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे हाे । आयोगले काम नसकेपछि आयाेगका अध्यक्ष गाैरीशंकर कार्कीले प्रधानमन्त्री सुशीला कार्की समक्ष पुन म्याद थपका लागि अनुराेध गरेका थिए ।
आज मन्त्रिपरिषद्ले निर्णय गरेर २० दिन आयाेगकाे म्याद थप गरेकाे हाे । यसअघि आयाेगकाे गठन गर्दा ३ महिनाभित्र घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार समय दिइएकाे थियाे ।तर ताेकिएकाे समयमा काम नसकिएपछि दाेस्राेपटक म्याद थप गरेकाे हाे ।








