गृहपृष्ठ Featured गगनको निर्देशनः आफ्नै निर्वाचन क्षेत्रमा खटिनू, अर्काको क्षेत्रमा गएर मद्दत हुँदैन

गगनको निर्देशनः आफ्नै निर्वाचन क्षेत्रमा खटिनू, अर्काको क्षेत्रमा गएर मद्दत हुँदैन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आ-आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै उनले  कार्यकर्ताहरूलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा नजान आग्रह गरेका हुन्।

उनले भने, ‘सबै आ-आफ्नो क्षेत्रमा खटिनुस्। अर्काको निर्वाचन क्षेत्रमा गएर मद्दत हुँदैन, आफ्नै क्षेत्रमा परिणाम ल्याउनु आवश्यक छ।’

थापाले अन्य राजनीतिक दलहरूसँग कांग्रेसको कुनै दुश्मनी नरहेको प्रष्ट पारे। उनले निर्वाचनलाई एक ‘फेयर गेम’को रूपमा लिनुपर्नेमा जोड दिए।

अन्य राजनीतिक दलहरू सहयात्री र प्रतिस्पर्धी दुवै भएको उनले बताए। अरूको आलोचना गरेर समय फाल्नुभन्दा आफ्ना एजेण्डा र मुद्दाहरू लिएर जनतामा जानुपर्ने उनको भनाइ छ।

निर्वाचनको समयमा कसैले पनि भ्रम फैलाउने वा उत्तेजित पार्ने काम गर्नु नहुने उनको भनाइ थियो। उनले भने, ‘हामी सभ्य ढंगले प्रचार गरौँ। हाम्रा बारेमा कुरा राखौँ, अरूका बारेमा धेरै बोलिरहन आवश्यक छैन।’

सम्बन्धित् समाचार