गृहपृष्ठ Featured ‘पब्लिक डिबेट’ का लागि तयार छु : केपी ओली

‘पब्लिक डिबेट’ का लागि तयार छु : केपी ओली

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रतिनिधिसभा निर्वाचनअघि सार्वजनिक बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीका उम्मेदवारलाई निर्वाचनअघि सार्वजनिक बहसमा ल्याउनुपर्ने माग भइरहँदा ओलीले आइतबार बिहान समाजिक सञ्जालमा लेखेर ‘पब्लिक डिबेट’का लागि तयार रहेको बताएका हुन्।  ‘फ्रेमिङ’ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ’, उनले लेखेका छन्। उनले यस्तो माग सकारात्मक भएको बताएका छन्।

‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु’, उनले भनेका छन्, ‘चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।’

त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन ओलीले आग्रह गरेका छन्।

सम्बन्धित् समाचार