यो जितसँगै नेपालले चौथो स्थानमा रही प्रतियोगितामा टुंग्याएको छ । नेपालले प्रतियोगितामा ६ खेल खेल्दा तीन जित, एक बराबरी र दुई हार व्यहोर्दै यो नतिजा आत्मसाथ गरेको हो ।
आइतबार थाइल्यान्डको नोन्थाबुरी रंगशालामा नेपालले पहिलो हाफमा समान तीन गोल गरेको थियो । दोस्रो हाफमा भने भुटानले तीन गोल फर्काएको हो ।
पराजित भुटानले भने हारका बाबजुद पनि ११ अंकका साथ तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ ।
बंगलादेशले जित्यो साफ फुटबस च्याम्पियनसिप
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा पहिलो पटक भएको यो प्रतियोगिताको उपाधि बंगलादेशले उचालेको छ । बंगलादेशले १६ अंकका साथ शीर्ष टोलीको रूपमा प्रतियोगिता जितेको हो ।
‘सिंगल राउन्ड’ रोबिन प्रणालीअनुसार ६ खेल खेल्दा बंगलादेशले पाँच जित र एक बराबरीसँगै १६ अंक जोडेको छ । उपाधिको निम्ति बंगलादेशले समूह चरणमा भारतलाई २–१, नेपाललाई ३–०,पाकिस्तानलाई ९–१, श्रीलंकालाई ६–३, माल्दिभ्सलाई १४–२ ले पराजित गरेको थियो । र, भुटानसँग ३–३ को बराबरी गरेको थियो ।
भारत भने उपविजेता बन्यो । भारतले प्रतियोगितामा ६ खेल खेल्दा चार जित र दुई हारसहित १२ अंक बनायो ।
यसबाहेक, तेस्रो स्थानमा रहेको भुटानले ११, तेस्रो स्थानमा रहेको नेपालले १०, चौथो स्थानमा रहेको पाकिस्तानले सात र पाँचौँ स्थानमा रहेको श्रीलंकाले चार अंक जोड्यो । पुछारमा रहेको माल्दिभ्सले अंकविहीन बन्दै प्रतियोगिता टुंग्यायो ।








