गृहपृष्ठ Featured समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर – आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको २ करोड ८ लाख ५० हजार प्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

केन्द्रले आजैदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य शुरू गर्ने उहाँले जानकारी दिनुभयो । केन्द्रले यसअघि १० लाख ९८ हजार २ सय नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।

सम्बन्धित् समाचार