काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडियामा स्टन्ट गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौँमा एक कार्यक्रममा बोल्दै उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी भएकोले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्ट गर्नेबाहेक अरु केही गर्न नसकेको बताए।
उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे।
उनले भने, ‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन। अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ। यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ।’








