बारामा धारिलो हतियार प्रहार गरी आमा-छोराको हत्या भएको छ। बाराको परवानीपुर गाउँपालिका-१ रहरियाडीकी ५२ वर्षीया सुमित्री देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घटना बिहान ३ बजेको हो।
सुमित्राको परिवार सुतिरहेको समयमा घरभित्र छिरेर एक व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए।
घटनामा परिवारका थप तीन जना घाइते भएको पनि डिएसपी पण्डितले जानकारी दिए।
रामेश्वरका बुवा जगरूक मण्डल गम्भीर घाइते भएका छन्।
घाइते तीनै जनालाई एलएस न्युरो अस्पताल लगिएको छ।
डिएसपी पण्डितले घटनास्थलमा तालिमप्राप्त कुकरसहित प्रहरी खटाइएको जानकारी दिए।








