रूपन्देही ।
थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले मायादेवी मन्दिर दर्शन गरेकी छन् ।
उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, सिद्धार्थ नगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए । भारतको सुनौली नाका हुँदै लुम्बिनी आएकी हुन् ।
४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।
उनी आजै थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे थाइल्याण्ड फर्कने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।








